खेल

दक्षिण अफ्रिकाका एडेन ६२ रनमा आउट

आइसीसी विश्वकप क्रिकेटमा बङ्गलादेशले दक्षिण अफ्रिकाविरुद्ध तेस्रो सफलता हासिल गरेको छ।

मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिले बलिङ गरिरहेको बङ्गलादेशले  दक्षिण अफ्रिकाको तेस्रो विकेट झारेको हो।

बङ्गलादेशका कप्तान शाकिब अल हसनको बलमा लिटन दासले एडेन मार्करमलाई आउट गरेका हुन्। मार्करम ६९ बलमा ६२ रन बनाएर पबेलियन फर्केका छन्।  

हालसम्मको अवस्थामा ३३ ओभरको खेल सकिँदा दक्षिण अफ्रिका ३ विकेट गुमाएर १८४ रन बनाएर खेलिरहेको छ।

प्रकाशित: ७ कार्तिक २०८० १०:४६ मंगलबार

आइसीसी विश्वकप क्रिकेट