खेल

विश्वकप क्रिकेट: अफगानिस्तानविरुद्ध पाकिस्तानले २८२ रन बनायो

भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्र्तगत अफगानिस्तानविरुद्ध पाकिस्तानले २८२ रन बनाएको छ।  

भारतको चेन्नईमा दिउँसो २:१५ देखि सुरु भएको खेलमा टस जितर पाकिस्तानले पहिला  व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा  ७  विकेट गुमाएर २८२  रन बनाएको हो।

पाकिस्तानका लागि कप्तfन बाबर आज़मले सबै भन्दा वढि  ९२ वलमा ४चौका र १ छक्कासंगै ७४ रन बनाए ।त्यसैगरी अब्दुल्लाह शफ़ीक़ले  ७५ बलमा ५ चौका र २ छक्कासंगै ५८ रन बनाए । त्यसैगरी सऊद शकीलले २५ रन , शादाब ख़ानले १८ रन तथा इमाम उल हक़ले १७ रन बनाए। इफ़्तिख़ार अहमद  

४० रन बनाएर आउट भए।शादाब ख़ान  ४० रन बनाएर नट आउट रहे।  

अफगानिस्तानका लागि नूर अहमदले १० ओभरमा ४९ रन खर्चेर ३ विकेट लिए । नवीन उल हक़ले २ विकेट लिए ।

त्यसैगरी अज़मतउल्लाह ओमरज़ाई र मोहम्मद नबीले एक एक विकेट लिए। 

यी दुई विचको यो विश्वकपमा यो पाँचौ खेल हो।पाकिस्तानले यस अघि दुई खेल जितेर ४ अंक पाएको छ भने अफगानिस्तान एक खेल जितेर २ अंकका साथ तालिकाको पुछारमा छ।अफगानिस्तानले साविक बिजेता इग्ल्याण्डलाई हराएको थियो।  

प्रकाशित: ६ कार्तिक २०८० १२:१८ सोमबार

विश्वकप क्रिकेट: अफगानिस्तानविरुद्ध पाकिस्तान २८२ रन बनायो