खेल

त्रिकोणात्मक टी–२० क्रिकेटः नेपाललाई पाँचौ सफलता

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले पाँचौ सफलता हासिल गरेको छ।

मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले युएईको पाँचौ विकेट झारेको छ।  

नेपालका अविनाश बोहराले युएईका वृत्तिय अरविन्दलाई आउट गरेका छन्। अरविन्द ५१ बलमा ४५ रन बनाएर आउट भएका छन्।  

टस हारेर पहिले ब्याटिङका लागि निम्तो पाएको युएई हालसम्म ५ विकेटको क्षतिमा १ सय २२ रन बनाएर खेलिरहेको छ।

प्रकाशित: ६ कार्तिक २०८० ०६:४१ सोमबार

त्रिकोणात्मक टी–२० क्रिकेट