खेल

त्रिकोणात्मक टी–२० क्रिकेटः नेपालविरुद्ध युएईको सय रन पूरा

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालविरुद्ध युएईले सय रन पूरा गरेको छ।

टस हारेर पहिले ब्याटिङका लागि निम्तो पाएको युएईले निर्धारित २० ओभरको १६ ओभर खेल्दै ४ विकेटको क्षतिमा ११८ रन बनाएको छ।

मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालविरुद्ध युएईको प्रदर्शन राम्रो देखिएको छ।

प्रकाशित: ६ कार्तिक २०८० ०६:३७ सोमबार

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज