खेल

आइसीसी विश्वकप क्रिकेटः आज अफगानिस्तान र पाकिस्तान भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज अफगानिस्तान र पाकिस्तानबीच खेल हुँदैछ। चेन्नईको एमए चिदम्बरम क्रिकेट मैदानमा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।  

बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान आजको खेलमा जित हात पार्दै अङ्क तालिकामा माथि उक्लिन चाहन्छ भने अफगानिस्तान तालिकाको पुछारमा रहेको छ।  

समान ४ खेलेको पाकिस्तान २ खेलमा विजयी भएको छ भने २ मा पराजित भएको छ। जबकी हशमतुल्लाह शहिदीको कप्तानीमा रहेको अफगानिस्तानले एक खेलमा मात्रै जित हात पारेको छ।  

प्रकाशित: ६ कार्तिक २०८० ०४:४६ सोमबार

आइसीसी विश्वकप क्रिकेट अफगानिस्तान पाकिस्तान