विश्वकप क्रिकेटमा आयोजक भारतले न्युजिल्याण्डलाई पराजित गरेको छ।
आज हिमान्चल प्रदेशको धर्मशाला क्रिकेट मैदानमा भएको खेलमा भारतले न्युजिल्याण्डलाई ४ विकेटबाट हराएको हो।
यो जितसंगै भारत अपराजित रहँदै ५ खेलबाट १० अंक पाएर शीर्षस्थानमा उक्लीएको छ।
त्यसैगरी न्युजिल्यान्ड पहिलो पराजयसँगै ५ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा रहेको छ।
भारतले जितको लागि २७४ रन पछ्याउने क्रममा ४८ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।
भारतको जितमा कप्तान रोहित शर्माको ४६ रन , शुभमन गिलको २६ रन, श्रेयस अय्यरको ३३ रन, के एल राहुको २७ रन महत्वपूर्ण रहयो । त्यसैगरी भारतका लागि सबै भन्दा वढि विराट कोहलीले ९५ रन बनाए । रविन्द्र जडेजा ३९ रनमा नट आउट भए। न्युजिल्याण्डका लागि लॉकी फ़र्ग्युसनले २ तथा मिचेल सैंटनर,मैट हेनरी र ट्रेंट बोल्टले एक एक विकेट लिए।
न्युजिल्याण्डको पालोमा डर्याल मिचेलले १ सय २७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३० रनको सानदार शतकीय इनिङ खेले।उनको यो ओडिआई करिअर पाँचौं र विश्वकपको पहिलो शतक हो।रचिन रविन्द्रले ८७ बलमा ६ चौका र १ छक्कासहित ७५ रन बनाए।
कप्तान टम लाथम ५, ग्लेन फिलिप्स २३, मार्क च्यापम्यान ६, मिचेल सान्टनार १ र म्याट हेनरी शून्यमा आउट भए।
भारतका लागि मोहम्मद शामीले १० ओभरमा ५४ रन खर्चेर ५ विकेट लिए।कुलदीप यादवले १० ओभरमा ७२ रन खर्चेर २ विकेट लिए। जस्प्रित बुमराह र मोहम्मद शामीले समान १/१ विकेट लिए ।
प्रकाशित: ५ कार्तिक २०८० १६:५५ आइतबार