खेल

हङकङलाई ७९ रनले हराउँदै नेपाल फाइनलमा

नेपाल हङकङलाई ७९ रनले हराउँदै त्रिकोणात्मक टि२०आई सिरिजको लगातार तेस्रो जित  हात पारेपछि फाइनलमा पुगेको छ।  

जितको लागि २१४ रन दिएको नेपालले हङकङलाई १३४ रनमै रोकेर लगातार तेस्रो जित दर्ता गर्न सफल भएको हो।

मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले सर्बै भन्दा वढि ९२ रन बनाए।

त्यसैगरी  दीपेन्द्रसिंह ऐरीले  ५७ रनको योगदान दिए।त्यसैगरी आसिफ शेखले २० रन, कप्तान रोहित पौडेलले ११ रन, कुसल भुर्तेलले २ तथा सन्दीप झोरा र गुल्सन झाले एक एक रन बनाए।

हङकङका लागि अंशुमन रथले सर्वाधिक ४५ रनको योगदान दिए।बाबर हायात २० र एजाज खानले २५ रन बनाए।  

नेपालका लागि करन केसी ,सोमपाल कामी र ललितनारायण राजवंशीले दुई दुई विकेट लिए। त्यसैगरी प्रतिश जिसी र दीपेन्द्रसिंह ऐरीले  एक एक विकेट लिए।  

यसअघि नेपालले  पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले हङकङलाई नै ६ विकेटले पराजित गरेको थियो। यस जितसँगै नेपाल ६ अंक जोड्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको हो। अन्य टोलीले अंक जोडेका छैनन्।

अब नेपालले आफ्नो अन्तिम खेल सोमबार यूएईसँग खेल्नेछ। अब यूएई र हङकङले आइतबार र बुधबार एक आपसमा खेल्नेछन्। फाइनल शुक्रबार हुनेछ।

प्रकाशित: ४ कार्तिक २०८० ०९:०२ शनिबार

त्रिकोणात्मक टि२०आई सिरिज हङकङलाई ७९ रनले हराउँदै नेपाल फाइनलमा