खेल

वीर गणेशमान राष्ट्रिय टेनिस कात्तिक १८ देखि

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक १८ गतेदेखि हुने भएको छ।

प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका संयोजक सञ्जीव तुलाधरले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। सिनियरमा ४, भेट्रानमा ७ र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ। सिनियर र भेट्रानमा गरी जम्मा ९ लाख ५ हजार नगद पुरस्कार रहेको कमिटीका राजन खत्रीले जानकारी दिए।

उनका अनुसार गत संस्करणभन्दा पुरस्कार राशिमा २ लाख ५ हजार वृद्धि गरिएको छ। जुनियरमा भने प्रोत्साहनस्वरूप गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रूपैयाँ खर्च हुने बताइएको छ। आठदिने प्रतियोगिताका खेल सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ।

प्रकाशित: ४ कार्तिक २०८० ०३:५५ शनिबार

वीर गणेशमान सिंह फाउन्डेसन वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी