खेल

युएईविरुद्ध नेपालको तीन विकेट गयो

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत युएईविरुद्ध नेपालले तीन विकेट गुमाएको छ।

जितका लागि १४१ रन पछ्याएको नेपालले तेस्रो विकेट आसिफ शेखलाई  गुमाउन पुगेको हो। शेख ८ दशमलब ५ ओभरमा ५१ रन हुँदा आउट भएका हुन। उनी २३ रन बनाएर आउट भएका हुन।  

यस अघि कुसल मल्ल ७ ओभरमा टोलीको ४५ रन हुँदा आउट भएका हुन । उनले जम्मा ११ रन बनाए।  

कुसल भुर्तेललाई पहिलो विकेटको रुपमा गुमाउनु परेको थियो । नेपाले पहिलो विकेट  ४ दशमलब २ ओभरमा २४ रन हुँदा गुमाएको हो । कुसल भुर्तेल व्यक्तिगत  १४बलमा १ चौकासहित १४ रन बनाएर आउट भएका हुन । ताजास्थीतीमा नेपालले १० ओभरमा ३ विकेट गुमाएर ६३ रन बनाएको छ।यस अघि काठमाडौको माथिल्लो मुलपानीस्थित क्रिकेट मैदानमा भइरहेको यो खेलमा नेपालले टस जितेर युएईलाई पहिला व्याटिङ गर्न लगाएको हो।युएईले पहिला व्याटि व्याटिङ  निर्धारीत २० ओभरमा  ७ विकेट गुमाएर १४० रन बनाएको हो।  

युएईका लागि सबै भन्दा वढि  ३८ बलमा १ चौका  र ४छक्कासंगै  ५१ रन बनाए।अली नसीरले ३२ , कप्तान मुहम्मद वसीम  १७ तथा आसिफ़ ख़ाले १५ रन बनाए।

नेपालका करण केसीले ४ ओभरम १९ रन खर्चेर ३ विकेट लिए।त्यसैगरी गुल्सन झाले २ विकेट अभिनास बोहरा र सोमपाल कामीले एक एक विकेट लिए। 

प्रकाशित: १ कार्तिक २०८० १०:०४ बुधबार

युएईविरुद्ध नेपालको तीन विकेट गयो