खेल

विश्व कप क्रिकेट:अफगानिस्तान र न्युजिल्याण्डबिच खेल जारी , न्युजिल्याण्ड पहिला व्याटिङ गर्दै

भारतमा जारी विश्व कप क्रिकेट अन्र्तगत अहिले अफगानिस्तान र न्युजिल्याण्डबिच खेल भईरहेको छ।

भारतको चैनईमा भईरहेको यो खेलमा अफगानिस्तानले टस जितेर न्युजिल्याण्डलाई पहिला व्याटिङ  गर्न निम्तो दिएको छ।

ताजास्थीतीमा न्युजिल्याण्डले २१ ओभरमा विकेट ३ गुमाएर ११०  रन बनाएको छ। 

न्युजिल्याण्डका  विल यंग  ५४ रनमा, रचिन रविंद्र  ३२ रनमा तथा डेवन कॉन्वे २०  रन बनाएर आउट भए 

जारी प्रतियोगितामा यी दुवैको यो चौथो खेल हो। न्युजिल्याण्डले यस अघिका तीनै खेल जितेर ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ भने अफगानिस्तानले १ खेल जितेर  २ अंकका साथ तालिकामा  छैठौ स्थानमा रहेको छ।  

अफगानिस्तान र न्युजिल्याण्डविच अहिलेसम्म २ पटक खेल भएको छ।दुबै पटक  न्युजिल्याण्डले अफगानिस्तानलाई पराजित गरेको छ। 

प्रकाशित: १ कार्तिक २०८० ०९:३१ बुधबार

विश्व कप क्रिकेट:अफगानिस्तान र न्युजिल्याण्डबिच खेल जारी न्युजिल्याण्ड पहिला व्याटिङ गर्दै