खेल

सन्दीपबिना खेल्नु सहज छैन: कप्तान रोहित

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा बुधवारदेखि शुरु हुने ट्वान्टी–२० श्रृंखलामा सन्दीप लामिछानेबिना खेल्दा असर पर्ने बताएका छन्।

नेपालले घरेलु मैदानमा बुधवार संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दै त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको शुरुवात गर्दै छ। आफ्ना महत्वपूर्ण बलर सन्दीपबिना नै नेपालले यो श्रृंखला खेल्न लागेको हो। श्रृंखलाअगाडि मंगलबार भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहितले सन्दीप नहुँदा असर गर्ने उल्लेख गर्दै यो श्रृंखलापछि उनी टोलीमा फर्किन आशा व्यक्त गरे।

आगामी अक्टोबर ३० देखि घरेलु मैदानमा हुने ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एशिया क्वालिफायरको तयारी स्वरूप नेपालले त्रिदेशीय श्रृंखला खेल्न लागेको हो। कप्तान रोहितले उक्त छनोटमा सन्दीप फर्किन सक्ने आशा व्यक्त गरे। उनले सन्दीप नहुँदा टोलीलाई केही असर परे पनि टोली चुनौतिको लागि तयार रहेको समेत बताए।

प्रकाशित: ३० आश्विन २०८० १३:१८ मंगलबार

कप्तान रोहितकुमार पौडेल