खेल

विश्वकप क्रिकेटः इंग्ल्यान्ड र अफगानिस्तानबिच खेल जारी, अफगानिस्तान पहिला ब्याटिङ गर्दै

आइसीसी विश्वकप क्रिकेट  अन्तर्गत आज अहिले इंग्ल्यान्ड र अफगानिस्तानबिच खेल भईरहेको छ।  

भारतको राजधानी नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा  दिउँसो २ः१५ बजेदेखि  सुरु भएको यो खेलमा इंग्ल्यान्डले टस जितेर अफगानिस्तानलाई पहिला व्याटिङ गर्न निम्तो दिएको छ   

पहिला व्याटिङ गर्दैै ताजास्थीतीमा अफगानिस्तानले ७ ओभरमा  कुनै विकेट नगुमाई  ५१  रन बनाएको छ । साविक विजेता इंग्ल्यान्ड जोस बटलरको कप्तानीमा मैदान उत्रदा अफगानिस्तान हशमतुल्लाह शाहिदीको कप्तानीमा मैदान उत्रेको छ।

जारी प्रतियोगितामा इंग्लान्डले २ खेल खेल्दा १ मा जित र १ मा पराजित भएको छ। इंग्ल्यान्ड २ अङ्कका साथ तालिकाको पाँचौ स्थानमा रहेको छ भने समान खेलेको अफगानिस्तानले अहिले सम्म कुनै  जित हात पार्न सकेको छैन। अफगानिस्तान तालिकाको पुछारमा रहेको छ।    

प्रकाशित: २८ आश्विन २०८० ०९:०१ आइतबार

विश्वकप क्रिकेटः इंग्ल्यान्ड र अफगानिस्तानबिच खेल जारी अफगानिस्तान पहिला ब्याटिङ गर्दै