खेल

एसीसी यू–१९ प्रिमियर कपको दोस्रो खेलमा बहराइनमाथि नेपालको जित

एसीसी यू–१९ प्रिमियर कपको दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको छ।  

आज भएको खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै नेपालले आफ्नो सेमिफाइनलमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ।

देव खनाल र अर्जुन कुमालको ६८ रनको सम्हालिएको अर्धशतकीय साझेदारीसहित नेपालले दोस्रो जित हात पारेको हो।

७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाले ११.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।  

अर्जुन र देव दुवैले समान ३२÷३२ रन बनाए। बहराइनका लागि अनस ओबैड सैदले तीन विकेट लिए।

बायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७.५ ओभरमा ७७ रनमा अलआउट भयो।

नेपालले पहिलो खेलमा इरानमाथि २७४ रनको फराकिलो जित निकालेको थियो।

नेपालले समूह चरणको अन्तिम खेल साउदी अरेबीयासँग कात्तिक २ गते खेल्नेछ ।

प्रकाशित: २८ आश्विन २०८० ०७:०९ आइतबार

एसीसी यू–१९ प्रिमियर कप नेपाल अर्जुन कुमाल देव खनाल