खेल

युरो छनोट खेलमा फ्रान्सद्धारा नेदरल्याण्ड्सलाई पराजित

युरो २०२४ को छनोट फुटबल खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई पराजित गरेको छ।गएराती भएको खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई २-१  गोले हराएको हो।  

फ्रान्सको जितका लागि दुवै गोलसुपरस्टार फुटबलर किलियन एमबाप्पेले गरेका हुन।उनले खेलको सातौ तथा ५३औं मिनेटमा गोल गरेका हुन।त्यसैगरी नेदरल्याण्ड्सका कुइलिन्डिश्चि हार्टमानले ८३औं मिनेटमा गोल गरेका हुन। 

समूह बि मा रहेको फ्रान्सले ६ खेलमा सबै खेल जित्दै यूरो कपका लागि छनोट समेत भएको छ। सोही समूहमा दोस्रो स्थानमा रहेको ग्रीसको १२ अंक रहँदा एक खेल कम खेलेको नेदरल्याण्ड्सको नौं अंक छ।

प्रकाशित: २७ आश्विन २०८० ०२:२६ शनिबार

युरो २०२४ को छनोट खेलमा फ्रान्सद्धारा नेदरल्याण्ड्सलाई पराजित