खेल

विश्वकप क्रिकेट :दक्षिण अफ्रिकाद्धारा अस्ट्रेलिया १३४ रनले पराजित

भारतमा जारी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हराएको छ।भारतको एकना स्पोर्ट्र्स सिटी लखनउमा आज भएको खेलमा दक्षिण अफ्रिकाले पाँच पटकको विजेता अस्ट्रेलियालाई १३४ रनले हराएको हो।  

यस अघि टस हारेर पहिला व्याटिङ गर्ने निम्तो पाएको दक्षिण अफ्रिाकाले निर्धारीत ५० ओभरमा ७ विकेट गुमाएर ३११ रन बनाएको थियो ।जितको लागि ३१२ रनको लक्ष्य सहित मैदानमा उत्रेको अस्ट्रेलियाले  ४० दशमलब ५ ओभरमा १७७ रन बनाउँदा सबै  विकेट गुमायो र खेल १३४ रनबाट हार्न पुग्यो। 

यस प्रतियोगितमा अस्ट्रेलियाको यो लगातार दोस्रो हार हो । यस अघि आयोजक भारतसंग पराजित भएको थियो । दक्षिण अफ्रिाकाले भने लगातार दोश्रो जित दर्ता गरेको छ । यस अघि दक्षिण अफ्रिकाले श्रींलकालाई पराजित गरेको थियो।  

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले २७ तथा कप्तान पैट कमिंसले २२ रन बनाए। त्यसैगरी डेविड वॉर्नरले  १३ रन, मिचेल मार्शले  ७ रन, स्टीव स्मिथले १९ रन ,जॉश इंग्लसले ५ रन तथा ग्लेन मैक्सवेल  ३ रन मात्र बनाउन सके।

दक्षिण अफ्रिकाका लागि कगिसो रबाडाले ८ ओभरमा १ मेडन ओभरसंगै ३३ रन खर्चेर ३ विकेट  लिए ।केशव महाराज, तबरेज़ शम्सीर  र मार्को यानसनले दुई दुई विकेट लिए। त्यसैगरी  लुंगिसानी एनगिडीले एक विकेट हात पारे।

यस अघि पहिला ब्याटिङ गर्दै सुरुवाती व्याटर क्विंटन डिकॉकको सतकसंगै दक्षिण अफ्रिकाले निर्धारीत ५० ओभरमा ७ विकेट गुमाएर ३११ रन बनाएको हो । क्विंटन डिकॉकले १०६ बलमा ८ चौका र ५ छक्का सहित १०९ रन बनाए।दक्षिण अफ्रिकाका लागि एडन मारक्रमले ५६ , कप्तान तेम्बा बवूमाले ३५ , हेनरिक क्लासेन २९ तथा रासी वान दर दुसें र मार्को यानसनले २६/ २६ रन बनाए।अष्ट्रेलियाका लागि ग्लेन मैक्सवेल र मिचेल स्टार्कले २र२ तथा जॉश हेज़लवुड,ऐडम ज़ैम्पा र पैट कमिंसले १ / १ विकेट लिएका हुन।

प्रकाशित: २५ आश्विन २०८० १६:१८ बिहीबार

विश्वकप क्रिकेट विश्वकप क्रिकेट :दक्षिण अफ्रिकाद्धारा अस्ट्रेलिया १३४ रनले पराजित