खेल

विश्वकप क्रिकेट : अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले बनायो ३११ रन

भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत अस्ट्रेलियाविरुद्ध  दक्षिण अफ्रिकाले ३११ रन बनाएको छ।  

भारतको एकना स्पोर्ट्र्स सिटी लखनउमा  भएको यो खेलमा अस्ट्रेलियाले टस जितेर  दक्षिण अफ्रिकालाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको हाे।पहिला ब्याटिङ गर्दै सुरुवाती व्याटर क्विंटन डिकॉकको सतकसंगै दक्षिण अफ्रिकाले निर्धारीत ५० ओभरमा ७ विकेट गुमाएर ३११ रन बनाएको हाे  । क्विंटन डिकॉकले १०६ बलमा ८ चौका र ५ छक्का सहित १०९ रन बनाए।  

दक्षिण अफ्रिकाका लागि एडन मारक्रमले ५६ , कप्तान तेम्बा बवूमाले ३५ , हेनरिक क्लासेन २९ तथा रासी वान दर दुसें र मार्को यानसनले २६ २६ रन बनाए।

अष्ट्रेलियाका लागि ग्लेन मैक्सवेल र मिचेल स्टार्कले २/२ तथा जॉश हेज़लवुड,ऐडम ज़ैम्पा र पैट कमिंसले १ / १ विकेट लिएका हुन।

जारी प्रतियोगितामा दुवै टोलीले समान एक एक खेल खेलिसकेका छन्।जसमा अस्ट्रेलिया भारतसँग पराजित भएको थियो भने दक्षिण अफ्रिकाले श्रीलङ्कालाई पराजित गरेको थियो।

प्रकाशित: २५ आश्विन २०८० १२:५३ बिहीबार

विश्वकप क्रिकेट : अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले बनायो ३११ रन