खेल

नेपाली खेलाडी असफल

काठमाडौं– भियतनामको हो चि मिन शहरमा भैरहेको एसियन वुमन एलिट बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर ललिता महर्जन पदक जित्न असफल भएकी छिन्। 

शनिबार क्वार्टरफाइनलमा ललिता मंगोलियाकी जार्गन ओर्छिबाटसँग अंकको आधारमा पराजित भइन । 
४८ केजी तौल समुहमा प्रतिस्पर्धा गरेकी ललिता र ओर्छिबाटबीचको खेल तेस्रो चरण सम्म बराबरी अवस्था थियो । तर तेस्रो चरणको अन्त्यतिर अंक आधारमा ललिता कांस्य पदक जित्न असफल भइन । जारी प्रतियोगितामा ललिताले यसअघि सिगांपुरकी लिना हुँ जिन ईलाई पराजित गर्दै क्वार्टरफाइनल पुगेकी थिइन। 

आइतबार क्वार्टरफाइनलमा नेपालकी पुनम रावलले ६४ केजी तौल समुहमा थाइल्यान्डकी पेमालिन लाकपेनसँग प्रतिस्पर्धा गदैछिन । प्रतियोगितामा यसअघि नेपाली खेलाडी विमला श्रेष्ठ र संगीता सुनारले आ–आफ्नो खेलमा हार सामना गरिसकेका छन् । विमलाले  ५४ केजी तौल समुहमा र संगीताले ६० केजी तौल समुहमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित: १९ कार्तिक २०७४ ०६:०७ आइतबार

नेपाली खेलाडी असफल