खेल

विश्वकप क्रिकेट :अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच खेल जारी, दक्षिण अफ्रिका पहिला ब्याटिङ गर्दै

भारतमा जारी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत अहिले अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच खेल भइरहेको छ।

भारतको एकना स्पोर्ट्र्स सिटी लखनउमा अहिले २ः१५ बाट सुरु भएको यो खेलमा अस्ट्रेलियाले टस जितेर  दक्षिण अफ्रिकालाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको छ।पहिला ब्याटिङ  गर्दै ताजास्थीतीमा दक्षिण अफ्रिकाले ८ ओभरमा कुनै विकेट नगुमाई ४५ रन बनाएको छ।

जारी प्रतियोगितामा दुवै टोलीले समान एक एक खेल खेलिसकेका छन्।जसमा अस्ट्रेलिया भारतसँग पराजित भएको थियो भने दक्षिण अफ्रिकाले श्रीलङ्कालाई पराजित गरेको थियो।

पाँच पटकको विजेता अस्ट्रेलिया प्याट कमिन्सको कप्तानीमा मैदान उत्रने छ भने दक्षिण अफ्रिका टेम्बा बावुमाको कप्तानीमा रहेको छ।

प्रकाशित: २५ आश्विन २०८० ०९:०५ बिहीबार

विश्वकप क्रिकेट :अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच खेल जारी दक्षिण अफ्रिका पहिला ब्याटिङ गर्दै विश्वकप क्रिकेट