विश्वकप क्रिकेटअन्र्तगत बंगलादेशविरुद्ध इग्ल्याण्डले ३६४ रन बनाएको छ।
भारतको हिमान्चल प्रदेशमा रहेको धर्मशाला क्रिकेट मैदानमा भएको यो खेलमा इग्ल्याण्डले टस हारेर पहिला व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर ३६४ रन बनाएको हो।
इग्ल्याण्डका लागि सबै भन्दा वढि डाविड मलानले १०७ बलमा १६ चौका र ५ छक्कासहित १४० रन बनाए । त्यसैगरी जो रूट ६८ बलमा ८ चौका र १छक्कासहित ८२ रन बनाए।इग्ल्याण्डका सुरुवाती व्याटर जॉनी बेयरस्टो ५९ बलमा ८ चौकासंगै ५२ रन बनाएर आउट भए । त्यसैगरी जॉस बटलरले १० बलमा १ चौका र १ छक्का सहित २० रन बनाए । लियम लिविंगस्टन ० रनमा आउट भए । सैम करन र आदिल रशीद ११/ ११ रन बनाएर आउट। हैरी ब्रूक २० रन बनाएर आउट भए। क्रिस वोक्स १४ रन बनाएर आउट भए । मार्क वुड ६ तथा रीस टॉप्ली १ रनमा नट आउट रहे।
बंगलादेशका लागि महेदी हसनले ४ तथा शोरिफ़ुल इस्लाम तीन विकेट लिए।त्यसैगरी शाकिब अल हसन र तस्किन अहमदले एक एक विकेट हात पारे।
यो विश्वकपमा यी दुवैको दोस्रो खेल हो।साविक विजेता इग्ल्याण्ड साविक उपविजेता न्युजिल्याडसंग पराजित भएको थियो।पहिलो खेलमा बंगलादेश चाहि अफगानिस्तानलाई ६ विकेटबाट हराएको थियो।
दुवै टिम एकदिवसीय खेलमा २४ पटक भिडेका छन्।जसमा इग्ल्याण्डले १९र बंगलादेशले ५ पटक खेल जितेका छन्।
प्रकाशित: २३ आश्विन २०८० ०९:०४ मंगलबार