खेल

विश्वकप क्रिकेट : इग्ल्याण्डविरुद्ध बंगलादेशले एक विकेट झार्यो

विश्वकप क्रिकेटअन्र्तगत  इग्ल्याण्डविरुद्ध बंगलादेशले एक विकेट लिएको छ।  

बंगलादेशले इग्ल्याडका सुरुवाती व्याटरर जॉनी बेयरस्टोको विकेट लिएको हो। जॉनी बेयरस्टो ५२ रन बनाएर शाकिब अल हसनबाट आउट भएका हुन । इग्ल्याण्डले पहिलो विकेट १७ दशमलब ५ ओभरमा ११५ रन बनाउँदा गुमाएको हो।

भारतको हिमान्चल प्रदेशको धर्मशाला रंगशालामा विहान १०:४५ सुरुभएको यो खेलमा बंगलादेशले टस जितेर इग्ल्याण्डलाई पहिला व्याटिङ  गर्ने निम्तो दिएको हो ।  ताजास्थीतीमा इग्ल्याण्डले २२ ओभरमा १ विकेट गुमाएर १४० रन बनाएको छ।  

इग्ल्याण्डका डाविड मलान  ७४ रन तथा  जो रूट १२ रन बनाएर खेलिरहेका छन।  

यो विश्वकपमा यी दुवैको दोस्रो खेल हो । साविक विजेता इग्ल्याण्ड साविक उपविजेता न्युजिल्याडसंग पराजित भएको थियो। पहिलो खेलमा बंगलादेश चाहि अफगानिस्तानलाई  ६ विकेटबाट हराएको थियो।

आज ६५ प्रतिशत वर्षा हुने मौसम पूर्वानुमान गरिएकाले यो खेल वर्षाले प्रभावित हुने अनुमान गरिएको छ । यस पिच वलिङको लागि उपयुक्त मानिएको छ । यस पिचमा अहिले सम्म २१० रनको उच्चतम स्कोर बनेको छ । यस मैदानमा पहिला व्याटिङ गर्ने टोलीले भन्दा दोस्रो व्याटिङ गर्नेले खेल वढि जितेको इतिहास रहेको छ।

दुवै टिम एकदिवसीय खेलमा २४ पटक भिडेका छन् । जसमा इग्ल्याण्डले १९र बंगलादेशले ५ पटक खेल जितेका छन्।  

प्रकाशित: २३ आश्विन २०८० ०६:४३ मंगलबार

विश्वकप क्रिकेट : इग्ल्याण्डविरुद्ध बंगलादेशले एक विकेट झार्यो