खेल

यूथ एसिया कपको लागि क्रिकेट टोली घोषणा

काठमाडौं- यूथ एसिया कपको लागि १५ सदस्यीय टोली घोषणा भएको छ। युवा टोलीमा भिम सार्की र जितेन्द्र सिंह नयाँ अनुहार हुन्।

एसीसी एशिया कप छनोट खेलेको नेपाली टिमबाट ४ खेलाडी परिवर्तन भएका छन्। यसअघि टिममा आफ्नो स्थान बनाएका बिक्रम भुसाल र सन्दिप जोरा  बैकल्पिकमा छन्। नन्दन यादवले स्वास्थ्यका कारण नाम फिर्ता लिएका छन्। यस्तै सुमित महर्जन टिममा परेनन्। नेपाली युवा टिम भोलि बंगलादेश प्रस्थान गर्नेछ । नेपालले आगामी बिहीबार, आइतबार र सोमबार बंगलादेशको अन्डर नाइन्टिन टिमसँग तीनवटा अभ्यास खेल खेल्नेछ। नेपाली टोलीको कप्तानको जिम्मेवारीमा दिपेन्द्रसिंह ऐरी छन्।

'हाम्रो ध्यान व्याटिङलाई सुधार्नेमा हुने छ' प्रशिक्षक विनोद दासले भने, 'बन्द प्रशिक्षणको क्रममा राम्रो व्याटिङ गर्ने जितेन्द्र सिंह र भिम सार्कीलाई पाहिलो मौका दिइकएको हो।' नयाँ खेलाडी अंकित सुवेदीको समयमै कागजी प्रक्रिया पुरा हुन नसक्दा उनी वैकल्पिकमा परेको दासले बताए।

टोलीमा को को छन् ?

दिपेन्द्र सिंह ऐरी (क्याप्टेन), सन्दिप लामिछाने, रोहितकुमार पौडेल, सन्दिप सुनार, प्रनित थापामगर,  अनिलकुमार शाह, पवन सर्राफ, आशिफ शेख, किशोर महतो, साहव आलम, प्रकाश केसी, कमलसिंह ऐरी, भिम सार्की, रसिद खान र जितेन्द्र सिंह ।

वैकल्पिक खेलाडी

सन्दिप जोरा, विक्रम कुमार भुसाल, अंकित सुवेदी र विजय चौधरी

 

प्रकाशित: १२ कार्तिक २०७४ १२:४१ आइतबार

यूथ एसिया कपको लागि क्रिकेट टोली घोषणा