खेल

कृषि विकास बैंक पोखरा म्याराथनको सहप्रायोजक

नेपाल भुतपूर्व खेलाडी मञ्च, पोखराले आयोजना गर्ने पोखरा अन्तराष्ट्रिय म्याराथनसँग कृषि विकास बैंक जोडिएको छ। यस अघि राष्ट्रिय बाणिज्य बैंकले मुख्य प्रायोजन गर्दै आएको थियो। केही वर्ष वाणिज्य बैंकले म्याराथनलाई मुख् प्रायोजन गर्दै आएको थियो।

वाणिज्य बैंकले प्र्रायोजन गर्न छोडेपछि सुस्ताएको म्याराथनलाई जीवन्त बनाउने काम भने पोखराकै प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान सुजल डेरीको उत्पादन सफल दूधले गरेको हो। अहिले म्याराथनलाई विगत सात वर्षदेखि मुख्य प्रायोजन गर्दै आएको छ। सफल दूधसँगै कृषि विकास बैंक म्याराथनको सह प्रायोजकको भूमिकामा प्रवेश गरेको हो।  

आगामी फागुन ५ गते शनिबार १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन आयोजना हुदैं छ। सह–प्रायोजकसंगै पोखरा अन्तर्राष्ट्रिय म्याराथनको बैकिङ पार्टनरको भूमिकामा समेत कृषि विकास बैंक रहने मञ्चले जनाएको छ। बैंक सह–प्रायोजकको रुपमा रहदैं नगद रु ५ लाख सहयोग गर्ने मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए। उनका अनुसार कृषि विकास बैंकले विगत चार वर्ष देखि निरन्तर पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहयोग गर्दै आएपनि यो वर्षदेखि सहप्रायोजकको भूमिका रहेको छ।  

वि विल राइज फाउन्डेशनका संस्थापक समेत रहेका तुलसीकुमार गुरुङले ५ लाख सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन्। सुजल डेरीको मुख्य प्रायोजनामा हुने पोखरा म्याराथनलाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, राष्ट्रिय खेलकुद परिषद, पोखरामहानगर पालिकाले सहयोग गर्दै आइरहेका छन्। प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड रहेको छ। पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनरको रुपमा पोखरेली मञ्च युके रहेको छ। देशका ठूला बैंकहरु समेत पोखरा म्याराथन प्रति आकर्षण बढ्न थालेकोले पनि पोखरा म्याराथनले उचाई प्राप्त गरेको जनाए।  

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी शुरु भएसंगै अन्तर्राष्ट्रिय धावकहरुले आफ्नो नाम अनलाइनमार्फत दर्ता गर्ने प्रकिया समेत सुरु भएको जानकारी दिंदै अध्यक्ष पराजुलीले १८ औं सस्करणको पोखरा म्याराथनलाई नेपाल रन युकेको सहयोगमा पूर्णरुपमा प्रविधि मैत्री बनाउनेतर्फ अघि बढेको जानकारी दिए। १८ औं संस्करणमा ५० भन्दा वढि देशका धावक पोखरा आउने विश्वास अध्यक्ष पराजुलीको छ। पोखरा म्याराथनको रुट अन्तर्राष्ट्रिय मान्यता प्राप्त रुट हो।  

पुरुष म्याराथन(४२.१९५ किलोमिटर), म्याराथन(गण्डकी प्रदेश)महिला हाफ म्याराथन, १० किलोमिटर खुल्ला, छात्र तथा छात्रा ५ किलोमिटर, ह्वीचियर दौड, दृष्टिविहीन दौड लगायतका इभेन्टहरुलाई मञ्चले समावेश गर्दै आएको छ। म्याराथनको उपविजेताले ३ लाख, तृतीयलाई २ लाख र सान्त्वना स्वरुप चौथो हुने धावकलाई ३० हजार प्रदान गरिने मञ्चले जनाएको छ। खुला म्याराथन तर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्सहान गर्न विजेतालाई ५०, उपविजेताले ३० र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने छ।  महिला हाफ म्याराथनले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुने धाविकाले ७५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्ने छन् । १० किलोमिटर सडक दौड महिला तथा पुरुषले समान ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। ५ किलोमटिर छात्र÷छात्रा दौड विजेताले नगद १५, १० र ७ हजार रुपैयाँ प्राप्त गर्ने छन्। 

प्रकाशित: २० आश्विन २०८० ०९:४० शनिबार

पोखरा म्याराथन