खेल

विश्वकप क्रिकेट: दुई व्याटरको सतकसँगै न्युजिल्याण्डले इग्ल्याण्डलाई हरायो

१३ औं विश्वकप क्रिकेटमा न्युजिल्याण्डले इग्ल्याण्डलाई हराएको छ। साविक विजेता इग्ल्याण्डलाई साविक उपविजेता न्युजिल्याण्डले अघिल्लो पटको बदला लिदै पहिलो खेलमा ९ विकेटले हराएको हाे।

यस अघि टस हारेर पहिलो व्याटिङ गरेको इग्ल्याण्डले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनाएको थियो। जवाफमा न्युजिल्याण्डले ३६ दशमलब २ ओभरमा १ विकेट गुमाएर खेल जितेको हो।

न्युजिल्याण्डको जितमा डेभन कन्वेको १५२ रन तथा रचिन रविन्द्रको १२३  रन महत्वपूर्ण रह्यो। डेभन कन्वे १२१ बलमा १९ चौका र ३ छक्कासंगै १५२ रनमा नट आउट भए। त्यसैगरी रचिन रविन्द्र ९६ बलमा ११ चौका र ५ छक्कासंगै १२३ रनमा नट आउट भए।

१ दशमलब १ ओभरमै विल योंगलाई ० रनमा गुमाएकाे न्युजिल्याण्डका लागि डेभन कन्वे र रचिन रविन्द्रले उत्कृष्ट प्रदर्शन गरेर टोलीलाई जित तर्फ डोराएका हुन।

इग्ल्याडका लागि सबै भन्दा बढि जो रुटले ७७ रन बनाए। त्यसैगरी कप्तान जस बटलरले ४३,जोनी बेयरस्टोले ३३ तथा ह्यारी ब्रुकले २५ रन बनाए। न्युजिल्याण्ड लागि म्याट हेनरीले १० ओभरमा ४८ रन खर्चेर सबै भन्दा वढि ३ विकेट लिए। त्यसैगरी ग्लेन फिलिप्स र मिचेल सान्टनार दुई/दुई लिए। त्यसैगरी ट्रेन्ट बोल्ट र रचिन रविन्द्रले एक/एक जनालाई आउट गरे। भोलि नेदरल्याडस र पाकिस्तानविच खेल हुनेछ। 

यस्तो थियो प्लेइङ ११ 

इंग्ल्यान्ड : जस बटलर (कप्तान), मोईन अली, जोनी बेयरस्टो, ह्यारी ब्रुक, साम करन, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, जो रुट, मार्क वुड र क्रिस वोक्स।

न्युजिल्यान्ड : ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कन्वे, म्याट हेनरी, टम लाथम (कप्तान तथा विकेटकिपर), डर्याल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सान्टनार र विल योंग।

प्रकाशित: १८ आश्विन २०८० १५:१७ बिहीबार

विश्वकप क्रिकेट:दुइ व्याटरको सतकसंगै न्युजिल्याण्डले इग्ल्याण्डलाई हरायो