विश्वकप क्रिकेटमा न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डले तेस्रो विकेट गुमाएको छ।
इग्ल्याडका ब्याटर ह्यारी ब्रुक १६ बलमा ४ चौका र १ छक्का सहित २५ रन बनाएर आउट भएका छन । उनलाई न्युजिल्यान्डका रचिन रविन्द्रले आउट गरेका हुन ।
तेश्रो विकेट १७ ओभरमा गुमाएको हो। तेश्रो विकेट गुमाउँदा इग्ल्याडले ९४ रन बनाएको थियो।
यस अघि दोश्रो विकेट १२ दशमलब ५ ओभरमा गुमाएको हो । दोस्रो विकेट गुमाउँदा इग्ल्याडले ६४ रन बनाएको थियो। दोश्रो विकेट इग्ल्याडलेजोनी बेयरस्टोलाई गुमाएको हो । उनी ३५ बलमा ४ चौका र १ छक्का सहित ३३ रन बनाएर आउट भएका हुन । उनलाई न्युजिल्यान्डका मिचेल सान्टनारले आउट गरेका हुन ।
त्यसैगरी इग्ल्याडले पहिलो विकेट ७ दशमलब ४ ओभरमा गुमाएको हो । पहिलो विकेट गुमाउँदा इग्ल्याडले ४० रन बनाएको थियो । पहिलो विकेटको रुपमा इग्ल्याडका शुरुवाती व्याटर डेविड मलान २४ बलमा २ चौकासहित १४ रन बनाएर आउट भएका छन। उनलाई न्युजिल्यान्डका म्याट हेनरीले आउट गरेका हुन। इग्ल्याण्डले ताजास्थीतीमा २०ओभरमा ३ विकेट गुमाएर १११ रन बनाएको छ ।
भारतको हमदवादमा दिवा रात्री खेलमा न्यूजिल्याण्डले टस जितेर इंग्ल्यान्डलाई पहिला व्याटिङ गर्न निम्तो दिएको हो।
साविक विजेता इंग्ल्यान्ड र साविक उपविजेता न्युजिल्यान्डबीच विश्वकपमा १० खेल भएको छ । दुबै टोलीले ५ /५ खेल जितेका छन्। एक दिवसीयमा भने यी दुई देशले कुल ९५ खेल खेलेका छन् । जसमा इंग्ल्यान्ड ४५ र न्युजिल्यान्ड ४४ खेल जितेका छन।
इंग्ल्यान्डको प्लेइङ ११
जस बटलर (कप्तान), मोईन अली, जोनी बेयरस्टो, ह्यारी ब्रुक, साम करन, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, जो रुट, मार्क वुड र क्रिस वोक्स।
न्युजिल्यान्डको प्लेइङ ११
बोल्ट, मार्क च्यापम्यान, डेभन कन्वे, म्याट हेनरी, टम लाथम (कप्तान तथा विकेटकिपर), डर्याल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सान्टनार र विल योंग।
प्रकाशित: १८ आश्विन २०८० १०:०२ बिहीबार