खेल

विश्वकप क्रिकेट :न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्ड पहिला व्याटिङ गर्दै

विश्व कप क्रिकेटको १३ औं सस्करण आज देखि सुरु भएको छ।  

भारतको विभिन्न १० वटा रंगशालमा हुने यो प्रतियोगिताको पहिलो खेल न्युजिल्यान्ड र इंग्ल्यान्डविच खेल सुरु भैइसकेको छ।  

भारतको हमदवादमा दिवा रात्री खेलमा न्यूजिल्याण्डले टस जितेर इंग्ल्यान्डलाई पहिला व्याटिङ गर्न  निम्तो दिएको छ ।  

साविक विजेता इग्ल्याण्डले ताजास्थीतीमा  ६ ओभरमा  कुनै  विकेट नगुमाई ३५ रन बनाएको छ ।  

न्युजिल्याण्ड साविकक उप विजेता टिम हो।

इंग्ल्यान्ड र न्युजिल्यान्डबीच विश्वकपमा १० खेल भएको छ । दुबै टोलीले ५/५ खेल जितेका छन् । एक दिवसीयमा  भने यी दुई देशले कुल ९५ खेल खेलेका छन् । जसमा इंग्ल्यान्ड ४५ र न्युजिल्यान्ड ४४ खेल  जितेका छन ।  

इंग्ल्यान्डको प्लेइङ ११

जस बटलर (कप्तान), मोईन अली, जोनी बेयरस्टो, ह्यारी ब्रुक, साम करन, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, जो रुट, मार्क वुड र क्रिस वोक्स।

न्युजिल्यान्डको प्लेइङ ११ 

ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कन्वे, म्याट हेनरी, टम लाथम (कप्तान) तथा विकेटकिपर), डर्याल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सान्टनार र विल योंग।

प्रकाशित: १८ आश्विन २०८० ०८:४८ बिहीबार

विश्वकप क्रिकेट :न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्ड पहिला व्याटिङ गर्दै