खेल

क्रिकेटर दीपेन्द्र भन्छन्: रेकर्ड तोड्न पाउँदा धेरै खुशी छु

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले विश्व रेकर्ड बनाउन पाउँदा निकै खुसी लागेको बताएका छन्।

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भएर नेपाल फर्किएका ऐरीले रेकर्ड तोड्न पाउँदा खुसी लागेको बताएका हुन्।

ऐरीले अहिले टिम एकजुट भएर खेलिरहेको बताए। अनुभव बटुल्ने मौका भएकाले आगमी खेलमा झनै राम्रो गर्ने उनको भनाइ छ।

एसियाड गेममा सहभागी भइ स्वदेश पर्किएको नेपाली क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो।  

मंगोलिया विरुद्धको खेलमा नेपाल क्रिकेटको विश्व रेकर्ड 

टि२० मा सर्वाधिक रन ३१४ रन, टि२० मा सर्वाधिक फराकिलो जित २७३ रनको जित, सर्वाधिक छिटो शतक कुशल मल्ल– ३४ बलमा १०० रन, सर्वाधिक छिटो अद्र्धशतक दिपेन्द्रसिंह ऐरी– ९बलमा ५० रन, उच्च साझेदारी कुशल र रोहितको– १९३ रन, तेस्रो विकेटका लागि विश्व कीर्तिमान १९३ यी बाहेक राष्ट्रिय रेकर्डहरू धेरै तोडिएका छन्।

क्वाटर फाइनलमा भारतले पहिले ब्याटिङ गरेर दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल १७९ रन बनाएपछि २४ रनले पराजित भएको थियो । यो खेलमा पनि दिपन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेका थिए । 

प्रकाशित: १८ आश्विन २०८० ०७:२३ बिहीबार

क्रिकेटर दीपेन्द्रसिंह ऐरी