खेल

भारतविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता

फाइल तस्बिर

एसियन गेम्सको पुरुष क्रिकेटमा भारतविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता भेटेको छ। नेपालका सोमपाल कामीले भारतीय ब्याट्सम्यान तिलक वर्मालाई आउट गरेका छन्।  

क्वार्टरफाइनल भारतविरुद्धको खेलमा कामीको यो पहिलो विकेट हो।

यस्तै नेपालका सन्दिप लामिछानेले भारतीय ब्याट्स म्यान जितेश शर्मालाई आउट गरेका छन्।  

त्यसअघि नेपालका दिपेन्द्रसिंह ऐरीले नेपालका लागि पहिलो विकेट लिएका थिए।

उनले रुतुराज गाइक्वाडलाई आउट गरेका छन्।

भारतले हालसम्म ३ विकेटको क्षतिमा १३३ रन बनाएको छ।

प्रकाशित: १६ आश्विन २०८० ०२:०६ मंगलबार

एसियन गेम्स नेपाल