खेल

बिमल भन्छन्: बढ्दो जिम्मेवारीले अष्ट्रेलिया आए, एनएसएल खेल्न नेपाल आउँछु

अष्ट्रेलिया गएका राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्। 

मगरले सोमबार सामाजिक सञ्जाल मार्फत नेपाल सुपर लिग खेल्ने नेपाल आउने बताएका हुन्।  

उनले लेखेका छन्,'जिन्दगीमा अनेकौं उतावचढाव आउँछन् !! उमेरको बढ्दो  क्रम सँगै जिम्मेवारी र व्यवहारिक पन पनि बढ्ने रहेछ !! त्यसै क्रममा आफ्नो र परिवारको उज्ज्वल भविष्य बनाउनको निम्ति आफ्नो प्राण प्यारो देश प्रतिको माया र लगावलाई एकछिन थाती राखेर अष्ट्रेलिया आउने निधो गरे !! तर पनि मलाई माया गरेर पुनस् मलाई आउँदै गरेको नेपाल सुपर लिगमा आइकनिक प्लेयर (Iconic Player) को रुपमा फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिनुभएकोमा चितवन एफ.सिलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु!!'

बिमल राष्ट्रिय फुटबल टिमबाट विदा हुँदै गत साता अष्ट्रेलिया प्रस्थान गरेका थिए।  

प्रकाशित: १५ आश्विन २०८० १०:५८ सोमबार

फुटबलर बिमल घर्तिमगर