खेल

हङकङसँग अंक बाँड्दा नेपाल डिभिजन–२ मा झर्‍यो

काठमाडौं—आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीप (डब्लुसिएल) को हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल विश्व क्रिकेट लिग च्याम्पिनसीप डिभिजन २ मा झरेको छ। हङकङसँग सोमबारका लागि तय भएको खेल वर्षाले रद्द हुँदा नेपाललाई नोक्सान भएको हो। खेल हुन नसकेपछि नेपाल र हङकङले १ -१ अंक बाँडेका छन्।

हङकङसँगको आइतबारको खेल टाइपुन नामक सामुद्री आँधीका कारण सोमबारका लागि सारिएको थियो। सोमबार वर्षाले खेल रद्द भएको हो।

डिभिज २ बाट विश्वकप छनोटका प्रतियोगितामा भने नेपालले सहभागी हुन पाउनेछ।

विश्व च्याम्पियनसीपको छैटौं चरण सकिँदा नेपाल ९ अंकका साथ छैटौं स्थानमा छ। अब नेपालले अन्तिम चरणका दुवै खेलमा युएईलाई पराजित गर्दा पनि चौथो स्थानमा उक्लन सम्भव छैन। किनभने पाँचौं स्थानको केन्याको १२ तथा चौथो स्थानको हङकङ १४ अंकको स्थितिमा छन्।

अन्तिम खेल खेल्नु अगाडि नै नेपालको शीर्ष चारमा पुग्ने आशा समाप्त हुँदा नेपाल नेपाल डिभिजन २ मा झरेको हो। अंक तालिकाको यो समीकरणले नेपाल डब्लुसिएल च्याम्पियनको शीर्ष चारमा पर्दै विश्वकप छनोट खेल्ने तथा एक दिवसीय मान्यता पाउने नेपालको लक्ष्य समाप्त भएको छ। डिभिज २ बाट विश्वकप छनोटका प्रतियोगितामा भने नेपालले सहभागी हुन पाउनेछ।

प्रकाशित: ३० आश्विन २०७४ ०६:०५ सोमबार

हङकङसँग अंक बाँड्दा नेपाल डिभिजन–२ झर्‍यो