खेल

नेपालको फराकिलो हार

काठमाडौं – एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनोट प्रतियोगितामा आइतबार नेपालले उज्वेकिस्तानसँग १४–१ को फराकिलो हार बेहोरेको छ।

इरानको ताव्रिजस्थित पोउर शारिफी फुटसल हलमा भएको खेलमा इरानका रखमातोभ डिलसोदले ह्याट्रिक पूरा गरे । डिलसोदबाहेक उज्वेकिस्तानका लागि अर्तुर युनुसोभ, साभकातोभ दिलमुरोद र चोरिभ दभरोनले समान २÷२ गोल गरेका थिए । अबदुमाल्यानोभ फर्खुद, रखमातोभ अनासखोनी, अबदुरखमोनोभ दभरोन्जोन र निशोनोभ खुशनिद्धिनले १÷१ गरे । नेपालका लागि एक मात्र सान्त्वना गोल सौरभ राखलमगरले गरेका थिए । 

नेपालले फुटसलको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको यो पहिलो हो । दक्षिण तथा मध्यक्षेत्रको छनोटअन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले अब सोमबार किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । समूहको अन्तिम खेलमा नेपालले तुर्कमिनिस्तानसँग मंगलबार खेल्नेछ ।  दक्षिण तथा मध्यक्षेत्रको दुई समूहका शीर्ष दुई टोली फेब्रुअरीमा चाइनिज ताइपेइमा हुने एएफसी फुटसल च्याम्पियनसिप २०१८ का लागि छनोट हुनेछन् ।

प्रकाशित: ३० आश्विन २०७४ ०५:४० सोमबार

नेपालको फराकिलो हार