खेल

भेट्रान्स फुटबलको फाइनल शनिबार

काठमाडौं— किङकम स्पोर्टस क्लबले आयोजना गरेको प्रथम स्मृत्ति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनल शनिबार हुने भएको छ।

प्रतियोगिताको पहिलो सेमिफाइनमा शुक्रबार गोल्डेनगेट इन्टरनेशनल कलेज र थापागाउँ समाज समिति तथा दोश्रो सेमिफाइन आयोजक किङकम स्पोर्टस क्लव र क्यूबार स्नुकर हाउसबीच हुने क्लव अध्यक्ष राजेन्द्र गुरुङले बताए।

सेमिफाइनल जितेका दुई टिमबीच शनिबार फाइनल खेल हुनेछ । प्रतियोगिताको विजेता टिमले एकलाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफि पाउनेछन् । क्लबले पहिलो पटक यो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा विभिन्न आठ टिमले प्रतिश्पर्धा गरेका थिए।

 

प्रकाशित: २७ आश्विन २०७४ ०५:२७ शुक्रबार

भेट्रान्स फुटबलको फाइनल शनिबार