खेल

१९ औं एसियाली खेलकुद : कुसल मल्ल र दिपेन्द्रसिंह ऐरीले राखे किर्तिमान

१९ औं एसियाली खेलकुद प्रतियोगितमा कुसल मल्लले किर्तिमानी सतक तथा दिपेन्द्रसिंह ऐरीले किर्तिमानी अर्धसतक बनाएका छन।

आज पहिलो चोटी अन्र्तराष्ट्रिय क्रिकेट खेलेको मंगोलियाविरुद्ध यी दुई खेलाडीले किर्तिमानको इतिहास रचेका हुन । कुसल मल्लले मंगोलीयाविरुद्ध ३४ बलमै सतक पुरा गरेर किर्तिमान बनाए ।  मल्ल ५० बलमा ८ चौका र १२छक्का संगै १३७ रनमा नट आउट रहे।

यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो ।भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए।नेपालबाट भने २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध ४९ बलमा अर्धशतक पूरा गरेका थिए ।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक पूरा गरेर किर्तिमान राखेका हुन ।उनी १० बलमा ८ छक्कासहित ५२ रनमा क्रिजमा नटआउट रहे । दीपेन्द्रसिंह ऐरीले १९ औं ओभरमा लगातार ६ छक्का हानेका थिए ।दीपेन्द्रले भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका हुन् ।

प्रकाशित: १० आश्विन २०८० ०३:२१ बुधबार

१९ औं एसियाली खेलकुद : कुसल मल्ल र दिपेन्द्रसिंह ऐरीले राखे किर्तिमान