खेल

नेपाल विरुद्ध हङकङको खेल यूट्युवमा लाइभ

हङकङ – आगामी शुक्रबार र आइतबार हुने नेपाल विरुद्ध हङकङको क्रिकेट खेलको प्रत्यक्ष प्रसारण यूट्युव मार्फत गरिने भएको छ। 

 हङकङ क्रिकेट बोर्डले उक्त खेलको प्रत्यक्ष प्रशारण  आफ्नो अफिसियल युट्युव च्यानल मार्फत गरिने ट्विटरमार्फत शनिबार घोषणा गरेको हो। 

हाल छैठौँ श्रेणीमा रहेको नेपालले हङकङसँगको खेलमा जित हासिल गरेमा चौथो श्रेणीमा पुग्नेछ । चौथो श्रेणीमा पुग्ने मुलुक सन् २०१९ मा हुन लागेको अन्र्तराष्ट्रिय क्रिकेट विश्वकप प्रतियोगिताको क्वालिफाइरका लागि छनोट हुने छ। 

प्रकाशित: २१ आश्विन २०७४ १०:१४ शनिबार

नेपाल विरुद्ध हङकङको खेल यूट्युवमा लाइभ