खेल

क्रिकेट खेलाडीको पुरस्कार अझै आएन: कप्तान पौडेल

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आई नसकेको बताएका छन्।

एसियाड गेममा भाग लिन चीन उड्नुअघि आइतबार काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनी सकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताएका छन्।

उनले एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको बताए। उनले एसियन गेम्सलाई लिएर सबै जना एक्साइटेड रहेको बताउँदै आफूहरूको लक्ष्य मेडल जित्ने रहेको बताए। उनले कमजोर वा बलियो दुवै टिमलाई कमजोर नठानी खेल्ने प्रतिवद्धता जनाए। उनले यस गेमले टि २० विश्वकप छनोटका लागि पनि सहयोगी भुमिका खेल्ने बताए।टि २० गेममा जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ त्यही टिमले खेल जित्ने भएकाले त्यसका लागि मेहनत गरिरहेको बताए। 

प्रकाशित: ७ आश्विन २०८० ०७:१४ आइतबार

नेपाली राष्ट्रिय क्रिकेट टिम कप्तान रोहितकुमार पौडेल क्रिकेट खेलाडीको पुरस्कार अझै आएन: कप्तान पौडेल