खेल

१९ औँ एसियाली खेलकुद :टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो

१९औँ एसियाली खेलकुद,अन्तर्गत  टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरिएको छ। नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो।

शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समुह चरणको खेलमा समुह एफ मा रहेको नेपाली महिला टोली भारतसित ३–० ले पराजित भएको थियो। महिलातर्फ नेपालकी सिक्क सुवाल भारतीय खेलाडी दिया पराग चितालेसित ११–१, ११–६ तथा ११–८ अंकले पराजित भइन्। यस्तै नविता श्रेष्ठ भारतकी यहिका मुखर्जीसित ११–३, ११–७ तथा ११–२ अंकले पराजित भइन्। यस्तै इभान थापा मगर भारतीय खेलाडी सुतिर्था मुखर्जीसित ११–१, ११–५ तथा ११–२ अंकले पराजित भइन्।

यसैगरी नेपालको पुरुष टोली पनि उत्तर कोरियासित नेपाल ३–० ले पराजित भएको छ।पुरुषतर्फ समुह बी मा रहेको नेपालका संयोग कपाली ११–७, ११–४ तथा  ११–५ अकले पराजित भए। अर्को खेलमा नेपालका रुविन महर्जन ११–२, ११–६ तथा ११–२ अकले पराजित भए भने विलोश श्रेष्ठ ११–८, ११–२ तथा ११–३ अंकले पराजित भए।

प्रकाशित: ७ आश्विन २०८० ०४:०० आइतबार

१९ औँ एसियाली खेलकुद :टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो १९ औँ एसियाली खेलकुद