खेल

ब्ल्याक बेल्ट कमिटीको पदस्थापन

काठमाडौं महानगरपालिका –७ को सहयोगमा नेपाल सोतोकान कराते संघले केन्द्रीय ब्ल्याक बेल्ट कमिटीको पदस्थापन तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।  

चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा आयोजना गरिएको उक्त कार्यक्रममा संघले बुद्धिमान स्याङ्तानको अध्यक्षतामा १९ जना सम्मिलित केन्द्रीय ब्ल्याक बेल्ट कमिटीको पदस्थापन गरेको हो । सोही कार्यक्रममा संघको विकासमा लामो समयदेखि योगदान पुर्याउँदै आएका १० जनालाई पनि सम्मान गरिएको थियो । 

इपिएस स्कुलका प्रिन्सिपल प्रमिला सिंह, समाजसेवी गोपाल श्रेष्ठ, चुनियालाल श्रेष्ठ, निर्मल पैmजु, प्रताप सुवेदी, कलाकार प्रमोद दीप, पत्रकार कविरस शर्मा, पाँचखाल नगरपालिकाका प्रवक्ता सञ्जय तामाङ, काठमाडौं महानगरपालिका–७ का वडाअध्यक्ष विनोद होडा, बुद्धिमान स्याङ्तानलगायतलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरिएको थियो ।  

बाग्मती प्रदेशका पूर्वपर्यटन तथा संस्कृति मन्त्री दीपेन्द्र श्रेष्ठ तथा पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादेले पनि खेल विकासका बारेमा आफ्नो मन्तव्य राखेका थिए । सो कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु उपस्थित थिए । त्यसै गरी नेपाल सोतोकान कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीले पनि संघलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

संघका सचिव नेहा राजयलक्ष्मी शाहको स्वागत मन्तव्यबाट सुरु गरिएको सो कार्यक्रमको समापन संघका संस्थापक अध्यक्ष एवं प्रमुख प्रशिक्षक हेमकुमार श्रेष्ठले गरेका थिए । 

प्रकाशित: ५ आश्विन २०८० ०१:५० शुक्रबार

नेपाल सोतोकान कराते संघ काठमाडौं महानगरपालिका ब्ल्याक बेल्ट कमिटी