खेल

यू-१९ साफ च्याम्पियनसिप: घरेलु मैदानमा पाकिस्तानसँग नेपाल पराजित

यू-१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ।

त्रिपुरेश्वरस्थिन दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको हो।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको दोस्रो हाफमा पाकिस्तानले गोल गरेको थियो।

पाकिस्तानका लागि अली जाफरले ७६औं मिनेटमा निर्णायक गोल गरेका थिए।

प्रकाशित: ४ आश्विन २०८० १४:१२ बिहीबार

यू-१९ साफ च्याम्पियनसिप