खेल

महेन्द्ररत्न क्याम्पसद्वारा खेलाडीको बिदाइ

महेन्द्ररत्न क्याम्पसले चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने आफ्ना तीन विद्यार्थी खेलाडीलाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरेको छ।

त्यहाँ स्नातक तह प्रथम वर्षमा अध्ययनरत तीन जुडो खेलाडीलाई सफलताको शुभकामना दिँदै क्याम्पस प्रमुख गेहेन्द्रप्रसाद दाहाल र स्वास्थ्य शारीरिक शिक्षा विषय शिक्षक कोपिलकुमार थापा लगायतले एक कार्यक्रमबीच बिदाइ गरे।

पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ तथा महिला ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधान र ५२ केजीमुनि देवकीमाया श्रेष्ठले हाङझाउ एसियाडमा प्रतिस्पर्धा गर्नेछन्। तीनै खेलाडी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन्। इन्द्र र देवकी सहोदर दाजुबहिनी हुन्। उनीहरूसहित ८ जुडो खेलाडीले हाङझाउ एसियाडमा प्रतिस्पर्धा गर्दै छन्। सोही अवसरमा पामका प्रशिक्षक सूर्यनारायण श्रेष्ठलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। पाममा ३१ जना आश्रित छन्। प्रशिक्षक श्रेष्ठका अनुसार सबै जुडो खेल्छन्।

प्रकाशित: ३ आश्विन २०८० ०६:१९ बुधबार

महेन्द्ररत्न क्याम्पस प्रशिक्षक सूर्यनारायण श्रेष्ठ