एसिया कप क्रिकेट २०२३ अन्तर्गत भारत र श्रीलंकाबिचको फाइनल खेलमा बाधक बनेको वर्षा रोकिएसँगै खेल पुन: सुचारु भएको छ।
श्रीलंकाको आर प्रेमदासा रंगशालमा नेपाली समय अनुसार दिउँसो ३: १५ मा सुरु हुनु पर्ने खेल वर्षाले प्रभावित पारेपछि सुरु हुन सकेको थिएन।
यस अघिको उपाधि विजेता श्रीलंकाले टस जितेर भारतविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। एसिया कपको सर्वाधिक सफल टोली भारत आठौं पटक च्याम्पियन तथा श्रीलंका सातौं पटक उपाधि जित्ने सोचमा छ।
रोहित शर्माको कप्तानीमा सन् २०१८ मा अन्तिम पटक भारतले उपाधि जितेको थियो। एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलंकाको टोली आमनेसामने हुँदै छन्।
यी दुईबीचको अन्तिम फाइनल खेल सन् २०१० मा भएको थियो। सो फाइनलमा भारतले श्रीलंकालाई ८१ रनले पराजित गर्दै उपाधि जितेको थियो।
प्रकाशित: ३१ भाद्र २०८० १०:२० आइतबार