खेल

साफ–यु १८ : नेपाललाई भुटानले हरायो

काठमाडौं– साफ–यु १८ च्याम्पियनसिपको पहिलो खेलमा साबिक विजेता नेपाल भुटानसँग स्तब्ध भएको छ। बुधबार सम्पन्न  समूह चरणको पहिलो खेलमा नेपालले आयोजक भुटानलाई १–० को नतिजा सुम्पिएको हो। नेपाली युवा टोली भुटानसँग पराजित भएको यो  पहिलो पटक हो।

५९ औं मिनेटमा ओर्गेन वाङचुङ छिरिङले पेनाल्टीमा गरेको गोल नै भुटानको जितमा पर्याप्त भयो। अनिश भुसालले पेनााल्टी बक्समा हातले बल छोएपछि भुटानले पेनाल्टीको अवसर पाएको थियो।

५९ औं मिनेटमा ओर्गेन वाङचुङ छिरिङले पेनाल्टीमा गरेको गोल नै भुटानको जितमा पर्याप्त भयो। अनिश भुसालले पेनााल्टी बक्समा हातले बल छोएपछि भुटानले पेनाल्टीको अवसर पाएको थियो।

प्रतियोगितामा भुटानको यो लगातार दोस्रो जित हो। यसअघि समूहको पहिलो खेलमा भुटानले माल्दिभ्सलाई १–० ले  पराजित गरेको थियो। दुई खेलमा ६ अंक जोडेको भुटान  समूहको शीर्ष स्थानमा छ। ३ अंक जोडको बंगलादेश दोस्रो स्थानमा छ।

नेपालले दुई वर्ष अघि घरेलु मैदानमा पहिलो संस्करणको साफ यु–१९ पच्याम्पियनसिपको उपाधि जितेको थियो।

प्रतियोगितामा नेपाल सहित भुटान, बंगलादेश, भारत र माल्दिभ्स गरि ५ टोलीको सहभागि छन्। राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष स्थानमा हासिल गर्ने टोलीले प्रतियोगिताको उपाधि जित्नेछ। नेपालले शुक्रबार समूहको दोस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ।

प्रकाशित: ४ आश्विन २०७४ १४:२३ बुधबार

साफ–यु १८ नेपाललाई भुटानले हरायो