खेल

दीपक विष्ट टर्की प्रस्थान

नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट टर्कीको इस्टानबुलमा आयोजना हुने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन्।

विश्व ओलम्पियन संघको आयोजनामा इस्टानबुलमा यही सेप्टेम्बर १६ र १७ तारिखमा हुन लागेको उक्त सम्मेलनमा विश्वभरबाट १ सय ५० जना भन्दा बढी ओलम्पियनहरु सहभागी हुंदैछन्।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले दीपक विष्टलाई आज एक समारोहका विच ओलम्पिक कमिटीमा अध्यक्ष विष्टलाई बिदाइ गरे।

अध्यक्ष विष्टले उक्त सम्मेलनमा नेपाल ओलम्पियन संघले विगत २ वर्षमा गरेका गतिविधिहरू प्रस्तुत गर्ने कार्यक्रम छ। साथै उनले एसियाली ओलम्पियनहरुको भेला नेपालमा आयोजना गर्ने प्रस्ताव पेश गर्ने बताएका छन्।

अध्यक्ष विष्टले भने ‘ओलम्पियनहरुको एसियाली सम्मेलन नेपालमा आयोजना गर्ने हाम्रो उदेश्य छ हामीले त्यहाँ नेपालमा त्यसको  आयोजनाको प्रस्ताव राख्नेछौँ।’

बिदाइ समारोहमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले विष्टको सहभागिताको सफलताको कामना गर्दै नेपालमा ओलम्पियनहरुको सम्मेलन प्रस्ताव पारित भएमा सक्दो सहयोग गर्ने बताए।

बिदाइ समारोहमा ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देबेन्द्र सुवेदी र नेपाल राफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले पनि विष्टलाई बिदाइ गरेका थिए।

प्रकाशित: २८ भाद्र २०८० १५:५३ बिहीबार

दीपक विष्ट टर्की प्रस्थान नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट विश्व ओलम्पियन सम्मेलन