युरोकप २०२४ छनोटअन्तर्गत ईटलीले युक्रेनलाई पराजित गर्दै जित हात पारेको छ।
मङ्गलवार राति समूह ‘सी’ अन्तर्गत ईटलीको घरेलु मैदान सान सिरोमा भएको खेलमा ईटलीले युक्रेनलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
ईटलीको जितमा डेभिटिले १२ औं र २९ औं मिनेटमा दुई गोल गरेका थिए। जितसँगै ईटली ४ खेलमा २ जित, १ हार र १ बराबरीका साथ समूह ‘सी’ को दोस्रो स्थानमा छ।
५ खेल खेलेको युक्रेन ७ अङ्कका साथ समूह ‘सी’ को तेस्रो स्थानमा रहेको छ।
गयराति नै सम्पन्न अन्य खेलहरूमा स्पेनले साइप्रसलाई ६–०, नर्वेले जर्जियालाई २–१, नर्थ म्यासेडोनियाले माल्टालाई २–०, अस्ट्रियाले स्वीडेनलाई ३–१, इजरायलले बेलारुसलाई १–०, बेल्जियमले इस्टोनियालाई ५–०, स्वीटजरल्याण्डले एन्डोरालाई ३–० र रोमानियाले कोसोभोलाई २–० गालले पराजित गरेका छन्।
६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरो कप २०२४ का लागि छनोट हुनेछन्। जर्मनी आयोजक राष्ट्रको रुपमा युरोकपका लागि छनोट भईसकेको छ।
प्रकाशित: २७ भाद्र २०८० ०३:२९ बुधबार