खेल

वर्षको सर्वोत्कृष्ट खेलाडी किरण र नङ्सल घोषित [फोटो फिचर]

काठमाडौं- यस वर्षको सर्वोत्कृष्ट खेलाडी फुटबलका किरण चेम्चोङ र ब्याडमिन्टनकी नङ्सल तामाङ घोषित भएका छन्। खेलकुद पत्रकार मञ्चले आयोजन गरेको स्पोर्ट्स अवार्ड कार्यक्रममा उनीहरु सर्वोकृष्ट घोषित भएका हुन्। त्यस्तै लोकप्रिय खेलाडीमा कान्छिमाया कोजुले अवार्ड हात पारिन्।

त्यस्तै पारा एथलेटमा क्रिकेटका पदम बढेल, युवा खेलाडीमा जुडोकी मनिता श्रेष्ठ, बेस्ट प्रशिक्षकमा एथलेटिक्सका पुष्पराज ओझाले अवार्ड जितेका छन्।

त्यस्तै स्पेशल अवार्डमा जुडोमा गरेको योगदानलाई कदर गर्दै बन्दी सायहता नियोग केन्द्रलाई प्रदान गरेको छ। लाइफ टाइम अचिभमेन्टको सम्मान भने गल्फका घनश्याम थापालाई दिइएको थियो।

कार्यक्रम राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको थियो। 

तस्बिर/भिडियो : प्रबीन कोइराला

वर्षको सर्वोत्कृष्ट खेलाडी किरण नङ्सल [फोटो फिचर]