खेल

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण अझै सुरु हुन सकेन

एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण अझै सुरु हुन सकेको छैन।

दिउँसो ३ः १५ बजेबाट सुरु हुने भनिएको खेलमा वर्षा बाधक बनिदिँदा खेल अझै सुरु हुन नसकेको हो। वर्षाले खेल मैदान भिजेका कारण खेल सुरु हुन ढिलाइ भइरहेको छ। खेल केहीबेरमा सुरु हुने अपेक्षा गरिएको छ।

पहिलो पटक भारत र पाकिस्तानबीच हुन लागेको ‘रिजर्भ डे’ को खेलमा भारतले आइतबारको स्थितिमा रहेको रन स्कोरबाट सुरु गर्नेछ।

आइतबारको खेलमा पाकिस्तानले टस जितेर भारतलाई पहिले ब्याटिङ गर्नका लागि निम्तो दिएको थियो। भारतले निर्धारित ५० ओभरमा २४ दशमलव १ बल खेल्दै २ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो। अब भारतले १ सय ४७ रनको स्कोरलाई अगाडी बढाउनेछ।

आजको खेल यदि फेरि स्थगित भयो भने दुवै टोलीले एक एक अङ्क बाँड्ने छन्।

प्रकाशित: २५ भाद्र २०८० १०:५२ सोमबार

एसिया कप क्रिकेट