खेल

शनिबारदेखि राष्ट्रिय उमा कुङ्फु

नेपाल उमा कुङ्फु संघको आयोजनामा छैटौं राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता शनिबार हुने भएको छ। प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न ३३ जिल्लाका एक सय ८० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ।

सान्डा र प्याटर्नमा गरी जम्मा ४७ स्पर्धामा खेल हुनेछ। सान्डा र प्याटर्नमा उत्कृष्ट हुने पुरुष/महिला खेलाडीलाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ। सान्डाको मुख्य जजमा अन्तर्राष्ट्रिय निर्णायक संजितकुमार राई तथा प्याटर्नको मुख्य जजमा अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङ रहेका छन्।

एकदिने प्रतियोगिताका खेलहरू तारकेश्वर नगरपालिकास्थित जरंकुमा हुनेछ। प्रतियोगितालाई लक्षित गरी उमा कुङ्फु संघले राष्ट्रिय रेफ्री सेमिनार पनि आयोजना गरेको थियो।

प्रकाशित: २३ भाद्र २०८० ०४:२२ शनिबार

नेपाल उमा कुङ्फु संघ