खेल

क्यानका पूर्व अध्यक्ष शाहको निधन

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)का  पूर्व अध्यक्ष जय कुमार नाथ शाहको ८९ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ। 

उनी एसियन क्रिकेट संघमा उपाध्यक्षका रूपमा समेत रहेका थिए । लामो समयदेखि मुटुको समस्याबाट ग्रसित उनी गत साता  मात्र थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनको उपचारको क्रममा बुधबार बिहान निधन भएको अस्पताल प्रशासनले जनाएको छ। 

उनलाई नेपाली क्रिकेट क्षेत्रमा ४० वर्षसम्मको लामो योगदान दिएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट संघ(आइसीसी)ले  सन् २००३ मा लाइफनाइम सर्भिस अवार्ड प्रदान गरेको थियो। 

उनको निधनको खबरले आफूलाई दुखी बनाएको भन्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आफ्नो फेसबुकमार्फत समवेदना व्यक्त गरेका छन्। 

प्रकाशित: २१ भाद्र २०७४ ०८:१६ बुधबार

क्यानका पूर्व अध्यक्ष शाहको निधन