खेल

आइसीसी महिला टी–ट्वान्टी: सेमिफाइनलमा आज नेपाल र थाईल्यान्ड खेल्दै

आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आज थाईल्यान्डसँग खेल्दैछ।

नेपाल र थाईल्यान्डबीचको खेल अहिले बिहान ७ः१५ मा सुरु हुँदैछ।

आजको खेलमा विजेता हुने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपाल पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रने छ।  

नेपाल समूह ‘ए’ बाट उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने थाईल्यान्ढ  समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

प्रकाशित: २२ भाद्र २०८० ००:५५ शुक्रबार

नेपाल थाईल्यान्ड आइसीसी महिला टी–ट्वान्टी विश्वकप