खेल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लव इलामलाई

रेडहर्ष फुटबल क्लव इलामले ताप्लेजुङ गोल्डकपको उपाधि उचालेको छ। जुट विकास फुटबल एकेडेमी ईटहरी सुनसरीलाई १–० ले पराजित गर्दै रेडहर्ष ताप्लेजुङ गोल्डकपको पहिलो संस्करणको च्याम्पियन बनेको हो।

विजेता बनेको रेडहर्ष फुटबल क्लव इलामले गोल्डकपका साथ नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँ समेत हात पारेको छ। उपविजेता जुट विकास फुटबल एकेडेमी सुनसरीले नगद १ सय ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्रमा चित्त बुझायो। मैदानको मध्यभाग भन्दा केहि अघिबाट बिशाल तामाङले गरेको फ्रि–किक प्रहारलाई हेडरमार्फत खेलको ३१ औं मिनेटमा रेडहर्षका लागि शरण बस्नेतले उत्कृष्ट गोल गरे।

शरणको त्यो गोल नै रेडहर्षलाई उपाधि दिलाउन पर्याप्त बन्यो। मध्यान्तरअघिको खेल सकिन केहि समय बाँकी रहँदा रेडहर्षले गोलपोष्ट नजिकबाट सिधा प्रहार गर्ने मौका पायो। रोमन भुजेलेको प्रहार जुट विकासका ४ जना खेलाडीको पर्खाली अवरोध गोलगर्न बाधक बन्यो। १–० को स्थिति उल्ट्याउन मध्यान्तर पछि आक्रामक खेलका उत्रिएपनि ईटहरीले गोल गर्न सकेन। खेलमा पछि परेपछि ईटहरीका खेलाडी केहि आत्तिएका देखिए। पासको लय गुग्नु,अग्रभागका खेलाडी त्यति चुस्त रुपले खेलमा देखा नपर्नु र क्षापंक्ति भने भनेजस्तो गरी विपक्षी खेलाडीलाई रोक्न सक्नु जस्ता समस्याले ईटहरी आक्रामक खेल खेलेर पनि गोल गर्नबाट चुक्यो।

मध्यान्तर पछिको खेलमा रेडहर्षले पनि गोल गर्न कयौं अवसर गुमाएको थियो। खेल सकिन ११ मिनेट बाँकी रहँदा डिवक्स नजिक ईटहरीका सञ्जय श्रेष्ठले हेण्ड गरेपछि पाएको फ्रि–किकलाई बिशाल तामाङले सहि दिसा दिन सकेनन्। संयोग यो होकी,फाईनलमा स्थान सुरक्षित गर्ने क्रममा रेडहर्ष र जुट विकास दुबैले सेमीफाईनलमा ट्राईबेकरबाट विपक्षी टिमलाई हराएका थिए। रेडहर्षले डिफेण्डिङ च्याम्पियन रेडस्टार बिर्तामोड झापालाई र जुट विकासले पथरी–११ मोरङलाई समान ५–४ गोल अन्तरले हराएका थिए।  

प्रकाशित: २० भाद्र २०८० १२:५० बुधबार

ताप्लेजुङ गोल्डकप