खेल

वर्षाका कारण खेल रद्द भएपछि नेपाल उपविजेतामा सिमित हुँदै सेमिफाइनलमा

आइसीसी महिला टी–ट्वान्टी विश्वकप

आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह ‘ए’ बाट उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।  

आजका लागि तय भएको नेपाल र युएईविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि नेपाल उपविजेतामा सिमित हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो।  

आजको खेलमा विजेता बन्ने टोली यस समूहको समूह विजेता बन्ने समिकरण रहेको थियो। तर, खेल हुन नसकेपछि दुवै टोलीले १÷१ अङ्क बाँडेका हुन्।  

समान ९/९अङ्क भएपनि युएई रनरेटको आधारमा अघि रहेकाले समूह विजेता बन्न सफल भयो।  

नेपालले शुक्रवार हुने सेमिफाइनलमा समूह ‘बी’ को विजेतासँग खेल्नेछ। आज नै हुने समूह ‘बी’ का हङकङ र थाईल्यान्डबीचको खेलबाट नेपालको प्रतिद्वन्दी तय हुनेछ।  

सेमिफाइनलमा विजयी भएमा नेपालले महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ।

प्रतियोगिताको फाइनल खेल शनिवार हुने तालिका रहेको छ।

प्रकाशित: २० भाद्र २०८० ०४:४३ बुधबार

आइसीसी महिला टी–ट्वान्टी नेपाल उपविजेता सेमिफाइनल