खेल

भारतद्वारा आइसीसी विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा

भारतले आइसीसी एक दिवसीय विश्वकपका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ।  

आगामी अक्टुबरदेखि सुरु हुने आइसीसी एक दिवसीय विश्वकपका लागि बीसीसीआइले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।  

टोलीमा रोहित शर्मा (कप्तान), विराट कोहली, ईशान किशन, शुभमन गिल, केएल राहुल, श्रेयर अय्यर, सुर्य कुमार यादव, हार्दिक पान्ड्या (उपकप्तान), रविन्द्र जडेजा, कुलदिप यादव, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, मोहम्मद सिराज रहेका छन्।  

आइसीसी एक दिवसीय विश्वकप भारतमा ५ अक्टुबरबाट सुरु हुनेछ।  

भारत एक्लैले आयोजना गर्न लागेको विश्वकप क्रिकेटमा ४८ म्याच खेलिनेछन्। जसमा विश्वका १० मुलुकले सहभागिता जनाउनेछन्।

यस्तै दक्षिण अफ्रिकाले पनि आइसीसी एक दिवसीय विश्वकपका लागि आफ्नो प्रारम्भिक टोलीको घोषणा गरेको छ।  

क्रिकेट दक्षिण अफ्रिकाले १५ सदस्यीय टोलीको घोषणा गरेको हो।  

दक्षिण अफ्रिकाले श्रीलङ्कासँग खेल्दै विश्वकप सुरु गर्नेछ।

दक्षिण अफ्रिका टिममा टेम्बा बमुभा (कप्तान), जेराल्ड कोएट्जी, क्विन्टन डी कक, रिजा हेन्ड्रिक्स, मार्को यानसन, हेनरिक क्लासेन, सिसान्डा मङ्गाला, केशव महाराज, एडेन माक्ररम, डेभिड मिलर, लुङ्गी एनगिडी, एनरिच नोर्त्जे, कागिसो रबाडा, तबरेज शम्सी, रासी भान डेर डुसेन रहेका छन्।

प्रकाशित: १९ भाद्र २०८० ११:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App